महोत्तरी। ग्रामिण उद्यम शिलता विकासलाई प्रोत्साहित गर्न महोत्तरीमा समेत ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना(रिड) संचालनमा आएको छ । विहिवार जलेश्वर स्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित अन्तरकृया कार्यक्रममा उक्त आयोजना वारे बर्दिवास स्थित कार्यालयका प्रमुख डा.चन्द्र प्रसाद रिसालले प्रकाश पारेका छन ।
देशभरिकै १७१ पालिका यस आयोजनाको लागि छनौट भएकोमा सो मध्ये महोत्तरीको ५ गाउपालिका र ५ नगरपालिका छानिएको र ति पालिकाहरुमा ग्रामिण उद्यमशिलता विकासलाई प्रोत्साहित गर्न साना कृषि उत्पादन मुलक साझेदारी तथा बजार सम्बन्धको विकासमा सहजिकरण गरि उक्त आयोजनाले कार्य गर्ने डा.रिसालले वताए ।
महोत्तरीको पिपरा गाउपालिका,महोत्तरी गाउपालिका,सम्सी गाउपालिका,सोनमा गाउपालिका,एकडारा गाउपालिका,बर्दिवास नगरपालिका,गौशाला नगरपालिका,जलेश्वर नगरपालिका,मनरा सिस्वा नगरपालिका र रामगोपालपुर नगरपालिकामा आयोजनाले काम गर्ने र विभिन्न मापदण्ड र चरणहरु पार गर्दै छानिने पालिकाहरुमा बजार संरचना निर्माण,एकिकृत कृषि तथा पशुपंक्षी सेवा केन्द्र निर्माण तथा विभिन्न शिपमुलक,जानकारी मुलक र कार्यक्रमहरु संचालनका साथै कृषि तथा पशुपंक्षी विकासको लागि पुरक अनुदानको व्यवस्था गरि साना उत्पादक कृषक समुह र सहकारीमा आवद्ध किसानहरुको उद्यमशिलता विकासमा आयोजनाले सहयोग गर्ने छ ।
आयोजनाको जानकारी गराउन आयोजना गरिएको उक्त अन्तरकृया कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख,विभिन्न पालिका प्रमुखहरु,कृषी तथा पशुपंक्षी विकास शाखाका प्रमुखहरु तथा प्रतिनिधीहरु,सहकारी,कृषक समुह तथा जिल्ला र प्रदेश स्तरिय कृषी तथा पशुको क्षेत्रमा काम गर्दै आएको विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।