महोत्तरी - महोत्तरीको पर्सामा गोली प्रहार गरी डकैती गर्ने मुख्य योजनाकार पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका २ पुनरवास बस्ने कारी पासवान भन्ने बिश्वनाथ पासवान रहेका छन् ।
उनलाई बुधबार अपराहनन ४ बजेको समयमा महोत्तरीको सोनमा गाउँपालिका वडा नं.३ रघुनाथपुर स्थितमा घुमफिर गरी रहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कर्यालय महोत्तरीले जनाएको छ ।
गएको असार असार ३ गते मध्य राती महोत्तरीको सम्सी गाउँपालिका १ पर्सा बजार बस्ने ५७ वर्षीय बिरेन्द्र साहले आफ्नै घरमा संचालन गरेको राजिव ज्वेलर्स सुन चाँदी पसलमा डकैती भएको थियो ।
९।१० जनाको संख्यामा आएका हतियारधारी डाँकाहरुले घरको पछाडीबाट पर्खाल नाघी घर भित्र प्रवेश गरेर बिरेन्द्र साहको श्रीमती शुशिला देवी, उनको छोराहरू शम्भु साह, राजिव साह र छोरी कंचन कुमारीलाई रड समेतले प्रहार गरी घाइते बनाएका थिए ।
कटुवा पेस्तोलले बिरेन्द्र साहको ढाडमा गोली प्रहार गरी घाइते बनाएर अन्दाजी ८ लाख ९७ हजार २ सय मूल्य बराबरको नगद तथा सुनचाँदीका गरगहना लुटपाट भएको थियो ।
सो घटनाको मुख्य अभियुक्त भएको अभियोगमा कारी पासवान भन्ने विश्वनाथ पासवानलाई प्रहरीले चार महिना पश्चात पक्राउ गर्न प्रहरी सफल भएको हो ।
पक्राउ परेका पासवानमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कर्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए ।