महेन्द्रनगर- धनुषाको मिथिला नगरपालिका २ स्थित श्री जनता मावि नक्टाझिज विधालय व्यवस्थापन समितिका अध्यक्ष राम नारायण महतोको को अध्यक्षता र नेकपा एकीकृत समाजवादी प्रदेश नं-२ का संसदीय दलका नेता एवम् धनुषा निर्वाचन क्षेत्र नं-४ (ख) बाट निर्वाचित प्रदेश सांसद शत्रुधन महतोको प्रमखु आतिथ्यतामा शुभकामना आदानप्रदान कार्यक्रम एवम् वार्षिक अभिभावक भेला सम्पन्न भएको छ ।
भेलामा वार्षिक कार्ययोजना प्रतिवेदन विधालय का एकाउन्टेन्ट शिक्षक दिनेश प्रसाद महतोले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रदेश नं-२ का सांसद शत्रुधन महतोको संसदीय कोषबाट प्रदान गरिएको २५ लाखको लागतमा निर्माण भएको प्राविधिक प्रयोगशाला भवनको शिल्यानास समेत सांसद महतोले गरेका छन्।
सांसद महतोले कार्यक्रमलाई सम्बोधन गर्दै सामुदायिक विद्धायलयलाई सर्वोत्कृष्ट विद्यालयका रुपमा स्थापना गर्न र विद्यार्थीहरुलाई आवश्यक पर्ने स्वच्छ खानेपानीका लागि र भवन निर्माणका लागि ५० लाख बजेट दिने घोषणा गरे । कार्यक्रममा विद्यालयबाट SEE मा उत्कृष्ट नतिजा ल्याउन सफल एक छात्र र एक छात्रा लाई पुरस्कार सहित सम्मान समेत गरिएको थियो । धिमीरे नेपाल संस्था बाट निरन्तर सहयोग गर्दै आइरहेको अनुरुप यस वर्ष पनि २ जना विद्यार्थीलाई रु ५००० सहित कदर पत्र दिएर सम्मान गरेका थिए।
कक्षा-१० मा अध्ययनरत छात्रा विनिता कुमारी महतोले संचालन गरेको उक्त कार्यक्रममा हिमालय युवा कलब का अध्यक्ष अरुण महतो, सचिव शिवकुमार महतो, नेपाल पत्रकार महासंघ धनुषाका सदस्य एवम् मिथिला नगर पत्रकार संघको सचिव विनोद महतो, शिक्षक भरत प्रसाद महतो, विधालय एकेडेमी इन्चार्ज रोहित महतो, साँस्कृतिक कार्यक्रमका संयोजक शिक्षक बुधन महतो, परिक्षा संयोजक राजकुमार साह, भुपु इलाका सदस्य जिवछ महतो, भुपु प्रधान रामप्रसाद महतो, विधालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष कालेश्वर महतो, शिक्षक विश्वनाथ महतो, हरि महतो,पंकज तिवारी,विजय कुमार महतो, गोविन्द न्यौपाने, श्याम नायक,भरत ठाकुर,रामउदगार महतो,मनोज महतो, धिरेन्द्र कुमार महतो, मनोज कुमार यादव लगायतका उपस्थितिमा रहेको थियो।