धनुषा। गृहमन्त्री बालकृष्ण खाँडले सरकार आम जनताको जिवन रक्षाको लागि गम्भिर रहेको बताउनु भएको छ। छन् । उहाँले नेपाली जनताको सुरक्षा सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभयाे।सोमबार जनकपुरधाममा कार्यकर्ता भेला तथा सुरक्षा समितिको बैठकमा सहभागी हुन आउनु भएको गृहमन्त्री खाँडले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अहिले रहेको सुरक्षा व्यवस्थालाई थप सुधार गर्न तथा नेपाली नागरिकको कुनै पनि स्थानमा स्वतन्त्रता पूर्वक बाँच्न पाउनुपर्ने अधिकारलाई सुनिश्चितताको लागि सरकार प्रयत्नशिल रहेको बताउनुभयाे।
उहाँले राज्यको र सरकारको पहिलो दायित्व नै नागरिकको जिवन रक्षा रहेको र त्यसका लागि आफुहरु प्रयत्नशिल रहेको बताउनुभयाे।
उहाँले नागरीकता समस्याकाे सबालमा भन्नुभयो , `नागरिकताको समस्या तराई मधेसकाे मात्र नभई सम्पूर्ण देश कै समस्या हाे। यसलाई अध्यादेशबाट नभई ऐनमार्फत दीर्घकालीन रूपमा समाधान गर्न सरकारले तयारी गरिरहेको छ।´उहाँले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पटक पटक संसद अवरुद्ध गर्दै आएकोले नागरिकता विधेयक लगायतका अन्य आवश्यक विधेयकहरू अड्किएको र संसद सुचारु हुनेबित्तिकै सबभन्दा पहिला नागरिकता विधेयक नै आफुहरूले पारित गराएर समस्या समाधान गर्ने तयारीमा रहेकाे बताउनुभयो ।न्यायापालिका, कार्यपालिका र व्यवस्थापिका स्वतन्त्र रहेको र स्वतन्त्रतापूर्वक काम गरिरहेको भन्दै उहाँले न्यायापालिकामा देखिएको समस्यालाई छिटोभन्दा छिटो समाधान हुनुपर्ने सरकारको चाहना रहेको बताउनुभयाे।