
जनकपुरधाम सहित तराई मधेसमा छठपर्वको तयारीसँगै मठमन्दिर र पोखरीहरुमा चहलपहल सुरु भएको छ । कात्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट विधिवत् रुपमा सुरु हुने छठपर्व सप्तमी तिथिका दिनको बिहानसम्म गरी चार दिन मनाइन्छ । तराई–मधेसमा बस्ने भोजपुरी र मैथीली भाषी हिन्दूको मुख्य पर्व नै छठ पूजा हो । यसपटक छठ पूजा कात्तिक २४ गते परेको छ ।
विधिवित रुपमा भने सोमबारदेखि नै छठ पर्वको रौनताकता सुरु भइसकेको छ । छठ पूजा हुने स्थानमा पूजाका लागि तयार पारिएका घाट सजावट र रंगरोगनको काम भइरहेको छ । साथै पूजा गर्ने पोखरी र नदी किनारमा सरसफाई गरी झिलीमिली बनाइएको छ। बजारमा पूजाको सामग्री किन्ने र बेच्नेको अत्यधिक भिड लागेको छ । तस्बीर ः अजय साह









































