
महोत्तरी।छठ पूजाको दिप बाल्ले क्रममा साडीमा आगो सल्किएपछि एक महिला गम्भीर घाइते भएकी छन् । महोत्तरीको जलेश्वर नगरपालिका ६ स्थित परिक्रमा पोखरीमा छठ पूजाको लागि बत्ति बाल्न खोज्दा सोही ठाउँकी ८८ वर्षीया फुल कुमारी कर्णको साडीमा आगो सल्किएको थियो ।
आगोले शरीरका विभिन्न ठाउँमा पोलेर गम्भीर घाइते बनेकी कर्णलाई तत्काल उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको र थप उपचारको लागि काठमाडौं लगिएको परिवारले जनाएको छ ।