महोत्तरी- महोत्तरीको बर्दिवासमा जुवाको खालबाट १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार बर्दिवास नगरपालिका-१ को एक खाजा घरमा तास जुवा खेलिरहेको अवस्थामा १० जनालाई बिहीबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।
उक्त खाजा घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ५ सय १५ रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको जिप्रका महोत्तरीका प्रवक्ता तथा डिएसपी प्रकाश विष्टले जनाएको छ ।
डीएसपी विष्टले यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताए।