
वीरगञ्ज । करिब ६० लाख रुपैयाँ बराबरको भन्सार छली ल्याइएको खुद्रा सामान तथा औषधि लोड रहेको एउटा ट्रकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका २१ परवानीपुरचोकस्थित सडकखण्डमा प्रदेश नं २–०३–००१ ख ०१२९ नंको मालवाहक ट्रक तथा चालक बाराका परवानीपुर गाउँपालिका–२ बस्ने ३३ वर्षीय नसरूदीन मियाँलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त सामाग्रीको करिब रु ६० लाख मूल्याङ्कन गरी आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको छ ।