
महोत्तरी – महाेत्तरीकाे सुन्दरपुर स्थित पाेखरीमा डुबेर वेपत्ता भएका पुरूषकाे शव आज विहान फेला परेको छ।
सोनमा गाउँपालिका ७ सुन्दरपुर स्थित जनता माबि बिधालयको पोखरीमा विहिवार देखि एक पुरुष डुबेर वेपत्ता भएकाे थियोे ।
उनि नुहाउने क्रममा बेपत्ता भएकाे स्थानीयले जनाएकाे छ। फेला परेकाे शव स्थानीय ५० वर्षिय खुईला भनिने उपेन्द्र बैठाकाे रहेको छ।उनि मलामि बाट फर्केर नुहाउने क्रममा बेपत्ता भएका थिए।
https://www.facebook.com/104607344773010/videos/6009455725793944
स्थानीयका अनुसार मलामि बाट फर्केर सबै जना पोखरीमा नुहाउन गएको तर खुईला पोखरीबाट बाहिर नआएर पोखरीमा डुबेर हराएकाे थियोे ।
स्थानीयले खबर गरेपछि अहिले प्रहरीको टोली घटना स्थल खाेतलास गरेपनि शव भेटिएकाे थिएन । साँझ परेर अन्ध्यारो भएकोले खोज्न समस्या भएको प्रहरीले जनाएको थियोे । तर आज विहानै देखि स्थानीयहरूले माछा मार्ने महाजाल पाेखरीमा हालेर खाेज्न थाले पछि शव फेला परेकाे हाे।
https://shirishnews.com/banner-news/3337.html/