महोत्तरी । महोत्तरीको औहरी नगरपालिका निवर्तमान मेयर सुनिल कुमार यादवले समुदायको महान पर्व इदुल फितरको अवसरमा मस्जिद र इदगाह मै गएर नगरपालिकामा इस्लाम धर्मावलम्बीहरुमा शुभकामना व्यक्त गरेका छन् ।
एक महिनो रोजा पश्चात मनाईने इदुल फीतरको अवसरमा आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट औहरी नगरपालिकाको मेयर पदमा पुनः उम्मेदवारी दिएका यादवले मंगलवार विहान मुस्लिम समुदायका नमाजका लागि जम्मा हुने मस्जिद र ईदगाहमा गएर शुभकाना व्यक्त गरेका हुन् । औहरी नगरपालिका वडा १ औरहीमा रहेको ईदगाहमा र वडा ३ मा रहेको मस्जिदमा गएर स्थानीय मुस्लिम समुदायका व्यक्तिहरुलाई आकंमाल गर्दै ईदको शुभकामना दिएका हुन ।
आफ्ना कार्यकालमा अन्य समुदाय जस्तै मुस्लिम समुदायको विकास र उत्थानको लागि आफुले समानुपातिक र समावेशी हिसावले हरेक क्षेत्रमा काम गरेको उनले बताए । नगरपालिकाको चौतर्फि विकासमा टेवा पुग्ने गरि आफुले पहिलो कार्यकालमा काम गरेको बताउदै उनले भने,‘ नगरपालिकालाई सम्वृद्धि र विकासको पथमा अगाडी बढाउन मैले बलियो अधार खडा गरेको छु ।
अवको नगरवासीको पुनः अर्शिवाद पाएको खण्डमा सम्वृद्ध नगरपालिका र खुसी नगरवासीको सपनालाई पुरा गरेर देखाउछु ।’ सो अवसरमा औहरी नगरपालिका मुस्लिम समुदायले निवर्तमान मेयरलाई भव्य स्वागत र सम्मान गरेका थिए ।