
गणेश कुमार सिंह,महोत्तरी ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर न .पा २ स्थित रहेको जिल्ला समन्वय समितिको महोत्तरीको सभाहलमा बालविवाह विरुद्ध बृहत भेला सम्पन्न भएको छ ।
जलेश्वर न.पा को आयोजना र रतौली युवा क्लब को समन्वयमा जलेश्वर न .पा. ०७ का वडा अध्यक्ष श्री राम छबिला यादवको अध्यक्षतामा बालविवाह विरुद्धको बृहत अभियान कार्यक्रम गरिएको थियो ।
उक्त कार्यक्रम सबै मिलेर बालविवाह विरुद्ध जनचेतना जगाउनुको साथै बालविवाह अन्त्य गर्नु पर्छ त्यसका साथै बालविवाह मुक्त नगरपालिका घोषण गर्नु पर्छ नगर प्रमुख साहले बताए । साह अनुसार हामी छिटोभन्दा छिटो बालविवाह मुक्त नगरपालिका घोषण गर्नेछु भने प्रतिबद्धता समेत गरेका छन् ।
बालविवाह विरुद्ध बृहत भेला सफलताको लागि कार्यक्रम सहभागीहरुले प्रतिबद्धता पत्रमा समेत हस्ताक्षर गरेर सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथी जलेश्वर न.पा. का नगर प्रमुख सुरेश साह सोनार बिशिस्ट अतिथी जलेश्वर न.पा. का प्रशासकिय अधिकृत जयकुमार साह , रतौली युवा क्लब का कार्यकारी निर्देशक बैधनाथ चौधरी,कार्यपालिका सदस्य, १२ ओटा वडाका वडाध्यक्ष,पंडित ,मौलाना,जातिय अगुवा ,विभिन्न स्वास्थ चौकीका स्वास्थयकर्मी , विभिन्न पार्टी कार्यकर्ता, नगर बाल संजालका बालबालिकाहरु,विभिन्न विद्यालयका बाल क्लबका भाईबहिनीहरु विभिन्न मिडियाका संचारकर्मी लगायतका उपस्थितिमा बालविवाह विरुद्ध बृहत भेला सम्पन्न भएका छन् ।