धनुषा- धनुषाकी एक महिला विगत डेढ महिनादेखि बे'पत्ता भएकी छन् । धनुषाको सबैला नगरपालिका १० सिमराढी बस्ने जीतन शर्माकी २२ वर्षीया श्रीमती संगीता ठाकुर ठेढ महिनादेखि परिवारबाट सम्पर्क विहिन अवस्थामा छिन् ।
एक दिन श्रीमान संग सामान्य विवाद हुँदा श्रीमानले एक दुई झापड हिर्काएकाे र सोही दिन देखि उनि वे'पत्ता भएकी परिवारजनले जनाएको छ ।संगीताकी बुबा कुशे ठाकुरका अनुसार साउन २० गते संगीता कानको उपचार गराउन लागि श्रीमानसंगै लहान गएकी थिइन् । लहानबाट फर्किने क्रममा धनुषाको विरेन्द्र बजारमा साँझको ५ बजे उनिहरु ओर्लेका थिए ।
संगीताले भोलि पुनः डाक्टरले बोलाएको हुँदा लहान जानुपर्ने भन्दै विरेन्द्र बजारबाट नजिक पर्ने भएको ले त्यहाँ आफ्नी दिदीको घरमा बस्न श्रीमानसंग जिद्दी गर्दा समान्य विवाद भएको थियो । सोहि क्रममा श्रीमानले संगीतालाई एक दुई झापड हिर्काएका थिए ।
त्यसको केहि पछि श्रीमान् जीतन पिसाव फेर्न गएका थिए र उत्ताबाट फर्किदा संगीता त्यहाँ थिइनन् । उनको मोबाइल पनि सोहि बेलादेखि अफ छ । खोजविन गर्दागर्दै डेढ महिना हुँदा समेत अहिलेसम्म संगीताको कुनै अत्तो पत्तो नलागेको बुबा कुशेले बताए ।
संगीताको माइत सिरहाको सिरहा नगरपालिका खयरटोका माडर टोलमा छ ।
प्रहरीमा समेत खोजविनको लागि निवेदन दिएको संगीताको परिवारजनले जानकारी दिए । धनुषा र सिरहाको विभिन्न ठाउँमा खोजविन गर्दा पनि अहिलेसम्म फेला नपरेको परिवारजनले बताएको छ ।
यद्यपी संगीतालाई कसैले केहि दिन अघि धनुषाको धनुषाधाम नगरपालिकाको पर्वता टोलमा संगीतालाई देखेको र उनि सोहि क्षेत्रमा हुन सक्ने अनुमान गरिएको छ ।




