काठमाडौ- सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले मन्त्रीको नाम हेरफेर गरेको छ। सङ्घीय सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ पाँच जना नेतालाई पठाउने नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई पठाएको छ।
नेकपा एसबाट सरकारमा प्रतिनिधित्व गर्ने नयाँ अनुहारमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीराचन्द्र केसी छन्। केसीलाई अहिले स्वास्थ्य राज्यमन्त्री बनाएर हाल राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्य मन्त्रालयमा फुलमन्त्री बनाउन लागिएको हो।



पर्यटनमा श्रेष्ठ, सहरी विकासमा मेटमणि र श्रममन्त्री कुँवर बनाउने गरी नाम सिफारिश गरिएको नेकपा एस स्रोतले जानकारी दिएको छ।
हालका स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेमबहादुर आले, शहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रममन्त्री कृष्णकुमार श्रेष्ठ किसानलाई मन्त्रीबाट फिर्ता बोलाइएको छ ।




