
महोत्तरी।महोत्तरीको औरही नगरपालिका वडा न. ६ बैरियामा नेपाली कांग्रेसको वडा अधिवेशन तथा शुभकामना आदान प्रदान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।
नेपाली कांग्रेसका औरही नगरपालिका नगर कमिटि द्वारा आयोजना गरिएको उक्त कार्यक्रमको अध्यक्षता नगर सभापति जोगेंद्र यादवले गरेका थिए। कार्यक्रमा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य कल्याण गुरुङ ,विशेष अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य किरण राय ,जिल्ला सभापति महेन्द्र कुमार राय ,क्षेत्रीय सभापति उतिम प्रसाद यादव ,औरही नगरपालिकाका नगरप्रमुख सुनिल कुमार यादव लगायत पार्टीका कार्यकर्ताहरु तथा जनासमुदायको उपस्थित रहेको थियो ।
https://www.facebook.com/104607344773010/videos/4992511544107093
कार्यक्रममा वक्ताहरुले आफ्नो मन्तव्यमा शुभकामना व्यक्त गर्दै देश र जनताको लागि जहिले पनि नेपाली कांग्रेस लड्दै आएको र राना शासन अन्त्य गर्न होस वा राजतन्त्र हटाउन नेपाली कांग्रेस सदैव अगाडी बढेको बताएका छन्। त्यसैले आउदो चुनावमा नेपाली कांग्रेसलाइ विश्वास गरि मत दिनुपर्ने धारणा राखेका छन् ।
प्रमुख अतिथिले आफ्नो मन्तव्यमा शुभकामना दिदै भने ,”नेपाली कांग्रेस पार्टीलाई सुद्ढिधकरण गरि यस पार्टीलाई जनताको पार्टी बनाउने छु र पार्टीको मुख्य योजना शिक्षा ,कृषि ,रोजगारलाई आधुनिक तरिकाबाट अगाडी बढाउने छु जहिले पनि नेपाली कांग्रेस जनताको सुख सम्वृद्धिको लागी सोच्ने छन्।
https://www.youtube.com/watch?v=yImb5BmzsMo