महोत्तरी- पर्सा पतैली चौकीकै मिलोमतोमा लामो समयदेखी बन्द रहेको नेपाल भारत सिमानाकामा तस्करी फस्टाएको छ । तस्करहरुले लाखौं रुपैया राजश्व तिर्नु पर्ने ठाँउमा प्रहरी चौकी पर्सापतैली सँग साठगाठ गरेर सुरक्षाकर्मीलाई समेत प्रलोभनमा पारी दैनिक लाखौं रुपैया बराबरको रेडिमेड कपडा तथा मेशिनरी पार्टसको तस्करी शुरु गरेका छन ।
अहिले पोके तस्करहरु मात्रै होइन पिकअप गाडीबाटै तस्करी भइरहेको छ । तस्कर र प्रहरी चौकी पर्सापतैलीका सुरक्षाकर्मी मिलेका छन त्यसैले ती सामान समातिदैन । नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीको मासिक नजराना रकम तोकिएको छ तर तस्करहरुले सुरक्षाकर्मीलाई मासिक रकम तोकेर खुल्मखुल्ला तस्करी गर्दे आएको छ । सिमामा स्थापना गरिएका प्रहरी चौकीकै कर्मचारीले नै तस्कर सँग आर्थिक लेनदेन गरेर काम गराइरहेका छन ।
“कारोबार शुरु गर्नु भन्दा पहिले घुमावा (सादा पोशाकका प्रहरी) हरुलाई नै फकाउनु पर्छ ।” तस्करीमा सँलग्न एक कारोबारी नाम नछाप्ने शर्तमा भन्छन “भारत विहारबाट ल्याएको कपडा नेपाल प्रवेश गराउँनका लागी पर्सा पतैलीका हवल्दार ले मासिक २० हजार लिएर लाइन मिलाएको उनको भनाइ छ ।
प्रहरी चौकीका इनचार्ज लाई कति रकम दिने र हाकिम अनी क्षेत्रको टोलिलाई कति रकम दिने सबै कुरा हबल्दारले नै तय गर्छन ।” भारत विहारको मधुवनी र सितामढी बाटै तस्करी भएर आएको सामान प्रहरी चौकी पर्सापतैली कार्यालयको बाटो हुदै महोत्तरीको सदरमुकाम जलेश्वर सम्म पुग्ने गरेको छ । प्रहरी चौकी पर्सा पतैलीकै संरक्षणमा सबै भन्दा बढी मदिरा र खाद्यान्न सामग्रीको तस्करी भइरहेको छ ।
बिहार सरकारले मदिरामा प्रतिबन्ध लगाए पछि तस्करहरुले यो नाका बाट प्रत्येक दिन हजारौ कार्टुन मदिरा भारत पठाइरहेका छन । यता जलेश्वर मठीयानी सडकखण्ड अन्तर्गत जलसागरमा रहेको रहेको सशस्त्र प्रहरीको गण र नेपाल प्रहरीको चौकीको मिलेमतोमा सो क्षेत्रमा ठूलो तस्करी भइरहेको छ । पर्सापतैलीबाट भारतीय गाँउ चरौत,साहरघाट,मधुवनी सम्म तस्करहरुले मदिरा पु¥याउने गर्दछन । कुनै समय भारतीय कुखुराको चल्ला तस्करीको लागी बदनाम यो ठाँउमा अहिले मदिरा तस्करी निकै फस्टाएको छ ।