महोत्तरी। महोत्तरीमा आगोमा जलेर एक वृद्धाको मृत्यु भएको छ ।
घुर ताप्ने क्रममा जलेर सिकिस्त भएकी महोत्तरी गाउँपालिका २ अनैठा बस्ने ६५ वर्षीया मरनी महोत्तरीमा आगोमा जलेर वृद्धाको मृत्यु देवीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गत कात्तिक २६ गते आफ्नै घर मा घुर ताप्ने क्रममा उनले लगाएको साडीमा आगो लागेको थियो । त्यही आगो सल्केर उनको शरीर समेत जल्दा उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको थियो ।
उपचारकै क्रममा उनको बिहीबार राति मृत्यु भएको महोत्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिए ।