महोत्तरी- महोत्तरीमा पाेखरीमा पानी भित्र लुकाएर राखेकाे लागु औषध गाजा बरामद गरिएको छ।
गौशाला नगरपालिका वड नं. ९ विसहरपुर स्थित वडा नं. ७ जाने बाटो छेउमा रहेको रामदुलार यादवको पोखरीमा फ्याकिएको अवस्थामा १० के.जी.गाँजा बरामद गरिएको हो।
प्रतिबन्धित लागूऔषध गाँजा बिक्री हुँदै गरेको विशेष सुराकी को आधारमा कान्तिबजार प्रहरी चौकीको कमान्डमा खटिएका टोलिले १० के.जि. गाँजा र बा. ३७ प ८१७० नम्बरको निलो रङ्गको पल्सर मोटरसाइकल पक्राउ गरि इलाका प्रहरी कार्यालय गौशालामा बुझाएको छ ।
प्रहरी अनुसार ४ जना एउटै मोटरसाइकलमा सबार भई फरार भएको छ र एउटा मोटरसाइकल छोडेर भाग्दा नियन्त्रणमा लिएका हो।