ढल्केवर- धनुषाको मिथिला नगरपालिकाको श्रीपुर गाँउमा एक प्रहरी कै घरमा चोरी भएको छ।
मधेस प्रदेशको राजधानी जनकपुरधाम देखि उत्तरी भेगमा पर्ने धनुषाको मिथिला नगरपालिका वार्ड नं -५ नक्टाझिज श्रीपुर स्थित जगदिश महतोको घरबाट नगद ६ हजार सहित १ थान ल्यापटप,४ आना सुन, ५ तोला चाँदी चोरी भएको हो।



महतोका अनुसार आज विहिवार दिउँसो १ बजेको नै घरमा चोरी भएको थियो। महतोले चोरी भएको बारेमा ईलाका प्रहरी कार्यालय ढल्केबरमा जानकारी गराएको जनाए ।
महतोले छोरा श्रीराम महतो आफै प्रहरी हुन् ।




