
महोत्तरी। प्रहरीहरु सवार ट्रक उदयपुरमा दुर्घटना हुँदा २४ जना प्रहरी घाइते भएका छन्।
बा१ग २१६८ नम्बरको प्रहरीको वान टन ट्रक उदयपुरगढी गाउँपालिका–७ अँधेरी जोगीटोलमा दुर्घटना हुँदा २४ जना प्रहरी घाइते भएका जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी वेदप्रसाद गौतमले बताएका छन् ।
कटारीबाट गाईघाट जाँदै गरेको ट्रक मदन भण्डारी लोकमार्गको गाईघाट–नेपालटार खण्डमा शुक्रबार साँझ ८ बजे दुर्घटनामा परेको हो। ओरालोम ब्रेक फेल भएर ट्रक दुर्घटना भएको अनुमान गरिएको छ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। उनीहरुको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ। थप १७ जना घाइतेको पनि नोबेलमै उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते चार जना प्रहरीको भने उपदपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।