महेन्द्रनगर- अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा धनुषाको मिथिला नगरपालिका वडा नं.२ नक्टाझिजस्थित जनता माध्यमिक विद्यालयका बाल क्लवका विद्यार्थीहरुले आज र्याली गरेका छन् ।




जनता मा.वि. नक्टाभिजमा इन्सेकले गठन गरेको बाल अधिकार सचेतना समूह र जनता मा.वि नक्टाझिजका विद्यार्थीहरुको संयुक्त आयोजनामा प्रभातफेरी र्याली गरिएको बताइएको छ ।

जनता मा.वि.नक्टाझिज हजराचौक स्थित खेल मैदानबाट शुरु भएको सो प्रभातफेरी र्याली क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित क्षीरेश्वर मा.वि.मा पुगेर कोणसभा गर्दै समापन गरिएको थियो ।
सो प्रभातफेरी रैली विद्यालयका बाल अधिकार सचेतना समूहका अध्यक्ष दिवेश कुमार महतोको अगुवाईमा गरिएको विद्यालयले जनाएको छ । र्यालीमा विद्यालयका बाल अधिकार सचेतना समूहका पदाधिकारी, बाल क्लवका छात्रछात्राहरुको सहभागिता रहेको थियो ।
रैलीमा उनीहरुले बालबालिकाहरुको हक अधिकार संरक्षण गर्न, बालश्रम बन्द गर्न, बालबालिकामाथि हुने हिंसा बन्द गर्न र शिक्षाका लागि प्रेरित गने लगायर्त विभिन्न नारा प्रकारका लगाएका थिए । सो र्याली गर्दा सडकमा प्रहरीले सुरक्षा दिएको थियो ।




