ढल्केवर(धनुषा)- धनुषाको मिथिला नगरपालिकामा शनिबार दुई वटा सहकारी संस्थाको साधारणसभा सम्पन्न भएको छ ।
मिथिला नगरपालिका वडा नं. ६ ढल्केवरमा रहेको नागरिक बचत तथा ऋण सहकारी संस्थाले तेस्रो साधारण सभा मनाएको छ भने वडा नं. ८ जमुनिवासमा रहेको श्रमजीवि बचत तथा ऋण सहकारी संस्थाले प्रथम साधारण सम्पन्न गरका हुन् ।
श्रमजीवि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरेराम श्रेष्ठकोे अध्यक्षता तथा मिथिला नगरपालिकाका नगरप्रमुख हरिनारायण महतोको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा विभिन्न प्रतिवेदनहरु सर्वसम्मत रुपले पारित भयो ।
साधारणसभामा शुभकामना मन्तव्यको क्रममा प्रमुख अथिति नगरप्रमुख महतोले शेयर सदस्यहरु एउटै सहकारी संस्थामा आबद्ध भई आफ्ना आर्थिक कारोबार सहकारी मार्फत नै गर्नुपर्नेमा जोड दिए । उनले सहकारीहरुले साधारण सदस्यहरुको जीवन उकास्ने कार्यक्रममा थप जोड दिनुपर्ने सल्लाह दिए ।
संस्थाकको सचिव विजयकुमार सिंहले संस्थाको आर्थिक कारोवार र भावी लक्ष्यबारे जानकारी गराँउदै शेयर सदस्यहरुलाई सहकारी शिक्षा, सूचना र तालिमको माध्यमबाट वित्तिय परामर्श सेवा प्रदान गरि जागरण ल्याउन चेतना वृद्धिका लागि प्रतिवद्ध रहेको कुरा जानकारी गराए ।
संस्थाले न्यून्तम दरमा सेयर सदस्यहरुलाई ऋण लगानी गरी उत्पादनशिल क्षेत्रमा लगानी गर्न विभिन्न कार्यक्रम गर्दै आएको छ । यसैगरी साधारणसभाको अवसरमा नियमित बचत गर्ने कमलकुमार लामालाई सहकारीले सम्मान गरेको छ । उनलाई प्रमुख अथिति महतोले दोसल्ला ओढाएर सम्मान गरेको थियो । साधारणसभामा सहकारी पदाधिकारी तथा सम्पूर्ण शेयर सदस्यको उपस्थिति थियो ।
यस्तै, नागरिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विमल भट्टराईको अध्यक्षतामा तथा मिथिला नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष रामो साहको प्रमुख आथित्यमा साधारणसभा भयो ।
साधारणसभामा शुभकामना मन्तव्य दिदैृ प्रमुख अथिति साहले सहकारीको कारोबार सर्वसाधारण नागरिकको पहुँचसम्म पु¥याउनु पर्ने भन्दै बजारमा निम्न तथा मझौला व्यवसाय गरेर बसेका व्यवसायीलाई सहज तरिकाले ऋण उपलब्ध गराएर व्यवसया बढाउनमा सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताए ।
साधारणसभामा सहकारीको बार्षिक आय–व्यय संस्थाका सचिव कैलास चौधरीले प्रस्तुत गरेका थिए । साधारणसभाका कार्यक्रमका बिशिष्ट अथितिमा स्थानीय राजनीतिकर्मी तथा संस्थाका शेयरसदस्य रामप्रसाद महतो थिए ।
यस्तै कार्यक्रममा स्वागत मन्तव्य सोही सहकारीका व्यवस्थापक रामऔतार महतोले गरेको थिए । साधारणसभाका अवसरमा ५० जना शेयर सदस्यलाई उपचारस्वरुप ब्याग वितरण गरेको छ ।




