
प्रदेश २ को महोत्तरीसहित देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान मौसम विश्लेषणसम्बन्धी एक विज्ञप्ति जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेको जानकारी दिएको हो ।
महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । बिहान पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । मधेसका जिल्लाहरुमा विहान अत्यधिक कुहिरो लाग्ने गरेको छ ।
चिसो मौसमका कारण पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । पहाड र हिमालमा हिमपातबाट जोगिन र मधेसका जिल्लामा चिसोबाट जोगिन मौसमविद्हरुले अपिल समेत गरेका छन् ।