जनकपुरधाम- भोलि शुक्रवार हुने स्थानीय तह निर्वाचनका लागि धनुषाको विभिन्न मतदान केन्द्रहरूमा नयाँ मतदाताहरूका लागि परिचयपत्र वितरण गर्ने कार्य सम्पन्न गरिएको छा
बुधवार देखि मतदाता परिचय पत्र वितरण कार्य सुरु गरेर आज साँझ सम्म मतदाता परिचयपत्र वितरण गरिएको हो ।



धनुषाको जनकपुरधाम उपमहानगरपालिका सहित विभिन्न पालिकाको विभिन्न मतदान केन्द्रहरुमा मतदाता परिचयपत्र लिनेहरू बिहानदेखि लाईन लागेको थियो ।
पहिलो पटक मतदान गर्न लागेकोमा नयाँ मतदाताहरूमा निक्कै उत्साहित देखिएका छन् । नयाँ मतदाताहरू उत्साहित भएर आफै मतदाता परिचयपत्र लिनका लागि मतदान केन्द्रहरूमा आएका र यसमा राजनीतिक दलहरूले पनि सहजीकरण गरेका थिए ।
यसका साथै मतदाता परिचयपत्रमा भएको त्रुटि संशोधनका लागि फारम भरेकाहरूको पनि संशोधन सहितको नयाँ परिचयपत्र वितरण गरिएको छ।
धनुषाका ५ सय ९६ मतदान केन्द्रहरूमा बिहानदेखि मतदाता परिचयपत्र वितरणको गरिएको हो ।
धनुषामा नयाँ तथा पुरानो गरेर कूल मतदाताको संख्या ४ लाख ६७ हजार ३ सय ८८ रहेको छ । जसमध्ये पुरुष मतदाताको संख्या २ लाख ४८ हजार ८ सय ४०, महिला मतदाता २ लाख १८ हजार ५ सय ४२ र ६ जना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।




