सर्लाही । सर्लाहीको चक्रघट्टा गाउँपालिका अन्तर्गत शिवनगरको रासनारायण प्रावि मतदान केन्द्रमा दुई पक्षको झडपका कारण स्थिती नियन्त्रण बाहिर गएपछि प्रहरीले गोली चलाएको छ ।
चक्रघट्टा गाउँपालिका–१, शिवनगर स्थित रासनारायण प्रावि मतदान केन्द्रमा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका कार्यकर्ताबीच झडप हुँदा स्थिती नियन्त्रण बाहिर जान थालेपछि सुरक्षाकर्मीले हवाई फायर गरेका हुन् । के कति घाईते भए लगायत घटनाबारे विस्तृत विवरण भने आईसकेको छैन ।