महोत्तरी - बालबिबाह विरुद्धको प्रदेश स्तरिय किशोरी सन्जालको आयोजना तथा धनुषा जिल्ला प्रहरी कार्यालयको समन्वयमा जिल्ला प्रहरी अधिकृतहरुलाई बालबिबाह न्यूनीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता हाम्रो प्रयास संस्थाका परियोजना अधिकृत अर्जुन साह, प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालयका इन्सपेकटर सन्जिव कुमार यादव र संचालन सहिदा खातुनले गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाको परिचय र उदेश्य सहित बालबिबाहको अवस्था वारे अर्जुन साहले प्रस्तुति गर्नुभएको थियो भने बालबिबाहको कानुनी ब्यब्स्था ,चुनौती र न्यूनीकरणका उपाय सम्बन्धि दोस्रो प्रस्तुति इन्सपेकटर यादवले गर्नुभएको थियो । दुबै प्रस्तुति पश्चात् खुल्ला छलफल आयोजना गरिएको थियो जसमा असई सन्जय दुबेदीले अशिक्षा, गरिबी,समाजिक संजालको गलत प्रयोग र हानीकारक रितिरिबाजको कारण बालबिबाह धेरै हुने गरेको बताए ।

सिंहको भनाई अनुसार बालबिबाहको कारण बालबालिकाहरुको अधिकार हनन हुँदै गएकोले यसलाई न्यूनीकरण गर्न सबैको साझा दायित्व हो । पुर्व महिला प्रहरी सुभद्रा आलेको अनुसार बालबिबाह न्यूनीकरण गर्न कानुनी ब्यब्स्थाको कार्यबयन गर्नुपर्ने देखिन्छ साथै ग्रामीण तह सम्म जनचेतना फैलाउनु पर्ने आवश्यक्ता रहेकोछ। खुल्ला छलफल पश्चात् इन्सेकटर यादव ले बालबिबाह रोक्न अभिभावक सचेत हुनुपर्ने तथा सचेतना कार्यक्रमहरु आयोजना गर्नुपर्ने बताउनुभयाे ।

परियोजना अधिकृत साहले २०३० सम्म बालबिबाह न्यूनीकरण गर्न सरकारको रणनीति रहेकोले सबै मिलेर आ-आफ्नो तर्फ यसको लागि सहयोग गर्नु पर्ने बताउनुभयाे।




