जनकपुरधाम । नेकपा एकिकृत समाजवादी पार्टीले जनकपुरमा पार्टी कार्यालय खोलेको छ । आज पार्टी कार्यालयको उद्घाटन अध्यक्ष माधव कुमार नेपालले गरेका हुन् । उनले कार्यालय परिसरमा बृक्षारोपन समेत गरेका छन् ।
उद्घाटन समारोहमा बोल्दै अध्यक्ष नेपालले जनतालाई नोकरको व्यवहार नगर्ने र आफूलाई मालिक नठान्ने प्रतिवद्धता व्यक्त गरे । जनताको बीचमा रहेर हरेक सुख दुखमा साथ दिने भन्दै उनले देशमा समाजवादी स्थापना गर्ने दिशामा अगाडी बढेको बताए ।
अध्यक्ष नेपालले नागरिकता समस्या समाधान गर्नुपर्ने पनि बताए । उनले नागरिकता प्राप्त गरेका सन्तानलाई नागरिकताबाट बञ्चित गर्न नहुने धारणा राखे । जनकपुर–जयनगर रेल चलाउने प्रयास जारी रहेको उनको भनाई थियो ।