
महोत्तरी - महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वड़ा नं.- ७ मटिहानी स्थित लक्ष्मीसागर पोखरीमा आज जिल्ला बिपद ब्यबस्थापन समिति महोत्तरीले दोस्रो बिपद प्रतिकार्य अभ्यास गरेका छन । मटिहानी नगरपालिकाको सहयोग र जिल्ला प्रशासन कार्यालय महोत्तरीको आयोजनामा भएको सो दोस्रो प्रतिकार्य अभ्यासमा नेपाली सेनाको रणभीम गण परिकौली,सशस्त्र प्रहरी बल ९ नं. गण हे.क्वा. जलसागर, नेपाल प्रहरी, रेडक्रस सोसाइटी महोत्तरी, राष्ट्रिय सेवा दल सहभागी रहेका थिए ।

प्रतिकार्य अभ्यासमा Improvised rescue को समानहरुको प्रदर्शनी र प्रयोग ,boat drill , river rescue, river cross प्रदर्शनी र खोज तथा उद्दार लगायतका अभ्यासहरुको प्रदर्शनी गरिएको थियो ।

कार्यक्रममा श्री मध्यपूर्वी पृतना हेड क्वार्टरका पृतनापती सहायक रथी हेमराज के.सी., श्री नं.९ बाहिनी अड़ा मझितार सिन्धुलिका नि. बाहिनीपती महा सेनानी दिवस देव खड़का,जिल्ला समन्वय समिति महोत्तरीको सभापति सुमन लाल कर्ण,मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडल, जलेश्वर , मनरा सिसवा नगरपालिकाका नगर प्रमुखहरु,महोत्तरी जिल्लाको प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडी , राष्ट्रिय अनुसंधान दिभिजन कार्यालय महोत्तरीका दिलीप कुमार सिंह , नेपाल रेड क्रॉस सोसाइटी महोत्तरीका अध्यक्ष दीपक मिश्र मधेश प्रदेशका ८ बतै जिल्लाका नेपाली सेनाका गणपतिहरु लगायतका उपस्थित रहेका थिए ।




