
जनकपुरधाम ।सप्तरीमा एक ८० वर्षिय वृद्धको घाँटी रेटेर ह'त्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाए अनुसार सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ खुदिबखारी टाेलमा ८० वर्षीय मिश्रिलाल मण्डलको घाँटी रेटेर ह'त्या गरिएको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका स्थित सडक खण्डको झाैखराही नामक फुलबारीमा बृद्ध मण्डलकाे घाँटी रेटि ह'त्या गरिएको अवस्थामा शव फेला परेकाे प्रहरीले जनाएको छ ।
मण्डल आज बिहान घरबाट खाना खाएर करिब १० बजे काम विशेषले सखडा तिर निस्केका थिए । साेहि अवधिमा मण्डलकाे कसैले ब्यक्तिगत रिसिविका कारण ह'त्या गरेकाे हुन सकिने परिवारजनले जनाएकाे छ ।
मृतकका परिवारजनले घटनाकाे वास्तविक छानविन गरि दाेषिमाथि कार्वाहीको माग गरेकाे छ । घटना स्थलको प्रकृति मुचुल्का उठाइ मृतक बृद्धकाे शव हाल पाेष्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएकाे प्रहरीले जनाएको छ।
घटनाको सम्बन्धमा आवश्यक थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एव प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।