दिवेश कुमार महतो
ढल्केवर , धनुषा । रत्न ज्योती युवा क्लब मिथिला नगरपालिका ४ रतनपुरको आयोजनामा ७औं मिथिला फुटबल प्रतियोगिता २०८३ को फाइनल खेल हिजो सोमबार आयोजक रतनपुर फुटबल टिम मिथिला नगरपालिका ४ र बेंगाडाबर फुटबल क्लब मिथिला नगरपालिका ९ बिच भएको प्रतिस्पर्धामा बेंगाडावरले १ गोल गर्दै फाइनल उपाधि जित हाँसिल गरेका छन् ।



खेल सुरुवात भएको २ मिनेट मै बेगांडावरले १ गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि बेगांडावर फुटबल क्लबले रतनपुर माथि दबाब बनाइ राखे । निर्धारित खेल समयमा कुनै पनि बेला रतनपुरलाई खेलमा फर्किन दिएनन् । अन्ततः बेगांडावरले १ गोलको अग्रता कायम गर्दै ७औ मिथिला फुटबल कपको उपाधि हाँसिल गर्न सफल भएका छन् ।

विजेता भएको बेगांडावर फुटबल क्लबलाई नगद राशी ५१ हजार सहित मेडल ,सिल र प्रमाणपत्र प्रदान गरिएको छ भने उपविजेता भएका रतनपुर फुटबल क्लबलाई नगद रु. २५ हजार सहित मेडल ,सिल र प्रमाणपत्र प्रदान गरेका छन् । साथै उत्कृष्ट गोलरक्षक र म्यान अफ दि म्याच प्लेयर घोषित भई सम्मानित भएका छन् ।
खेलमा जम्मा ८ वटा फुटबल क्लब टिम सहभागी रहेकाेमा ८ दिनसम्म नकआउट चरणमा खेल हुदैं बेगांडाबर फुटबल क्लब र रतनपुर फुटबल क्लब बिच फाइनलमा आमनेसामने भएको थियो ।
रत्न ज्योती युवा क्लबका अध्यक्ष हरिराम थापाको अध्यक्षतामा भएको उक्त फुटबल प्रतियोगिताको समुदघाटन कार्यक्रममा विशिष्ट अतिथि का रुपमा स्थानिय समाजसेवी राजलाल महतो सहितको उपस्थिति रहेको थियो ।
” खेलले मानिसको जिवनलाई चुस्तदुरुस्त बनाउनुका साथै मानिसलाई स्वास्थ राख्न समेत फाइदाजनक रहेकोले खेल विकासमा सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने आवश्यक रहेको समाजसेवी राजलाल महतोले बताउनुभएको थियो ।
उनका अनुसार ” राष्ट्रलाई संसारभरि चिनाउने फुटबल खेलले युवाहरूमा अनुशासन, एकता, सहकार्य र आपसी सद्भावको भावना विकास गर्नुका साथै स्थानीय प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने अवसर प्रदान गर्ने भएकाले खेलकुदको विकास र खेलाडीहरूको प्रोत्साहनका लागि स्थानीय तहदेखि नै आवश्यक पहल गर्नुपर्ने उहाँले बताउनुभयो ” ।
कार्यक्रममा प्रमुख अतिथि का रुपमा राजाराम महतो, विशिष्ट अतिथि समाजसेवी राजलाल महतो, समाजसेवी श्रिराम यादव सहित पत्रकार, खेलप्रेमी र गाँउलेहरुको उल्लेखनिय रुपमा उपस्थिति रहेको थियो ।




