
जनकपुरधाम - काठमाडौंबाट महोत्तरी आउँदै र वीरगञ्ज कठमाडौं जाँदै गरेका बससहित चार सवारीसाधन एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा आइतबार राति चार सवारी साधन ठोक्किएर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ ।अन्य २२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार राति साढे १२ बजे काठमाडौंबाट प्युठानतर्फ जाँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना३ख ७९१५ नम्बरको ट्रक, काठमाडौंबाट महोत्तरीतर्फ आउँदै गरेको ना७ ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख ८९६८ नम्बरको बस एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी अन्दाजी १७ वर्षीय किशोरको मृत्यु भएको छ । घाइतेमध्ये १८ जनाको इच्छाकामना आधारभूत अस्पताल कुरिन्टारमा तथा चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । राति दुर्घटना पश्चात सो सडक खण्ड अवरुद्ध रहेको थियो । आज बिहानदेखि सडक खुलाइएको छ ।

नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेका घाइतेहरू
१. प्युठान नौबहिनी गाउँपालिका-७ का २८ वर्षीय सुधन के.सी (मध्यम अवस्था)
२. प्युठानको प्युठान नगरपालिका- १० का ३६ वर्षीय निरज के.सी (मध्यम अवस्था)
३. प्युठानकै मल्लरानी गाउँपालिका-२ बस्ने ३६ वर्षीया निर्मला भुषाल (सख्त घाइते)
४. प्युठानकै गौमुखी गाउँपालिका-७ का २५ वर्षीय सुरज सुनार (प्रहरी परिसर ललितपुरमा कार्यरत) (मध्यम अवस्था) .
५. अर्घखाँची शीतगंगा नगरपालिका- ८ की २९ वर्षीया पवित्रा दर्लामी (सामान्य)
६. प्युठानको झिमरुक गाउँपालिका-७ का २८ वर्षीय पुरन गिरी (मध्यम अवस्था)
७. प्युठानकै प्यूठान नगरपालिका-८ का २० वर्षीय समिर केएम (मध्यम अवस्था)
८. प्युठानकै सरुमारानी गाउँपालिका-३६ वर्षीय तारापती बुढाथोकी (मध्यम अवस्था)
९. प्युठानकै सरुमारानी-४ की ३५ वर्षया मुनादेवि बुढाथोकी (मध्यम अवस्था)
१०. प्युठानकै ऐरावती गाउँपालिका-६ की ५६ वर्षीया मनदेवि थापा (सख्त घाइते)
११. प्युठानकै ६० वर्षीय पदम थापा (सामान्य) ।
१२. प्युठानकै प्युठान नगरपालिका-१० का २१ वर्षीय सुशील के.सी (मध्यम अवस्था)
१३. प्युठानकै प्युठान नगरपालिका-४ की १७ वर्षीया प्रतिभा भण्डारी (मध्यम अवस्था)
१४. प्युठानकै प्युठान नगरपालिका- ८ की १८ वर्षीया सलिसा थापा (मध्यम अवस्था)
१५. प्युठानकै प्युठान नगरपालिका-१ का ३८ वर्षीय प्रकाश केसी (मध्यम अवस्था)
१६. प्युठानकै प्युठान नगरपालिका-८ की ५३ वर्षीया पार्वता के.सी (मध्यम अवस्था)
१७. प्युठानकै नौबहिनी गाउँपालिका-३ का ३२ वर्षीय गौरव झाँक्री (सख्त घाइते)
१८. प्युठानकै गौमुखी गाउँपालिका-३ का २९ वर्षीय दिपक सुनार (सामान्य)
१९. अर्घाखाँचीको शीतगंगा नगरपालिका- ८ का ४९ वर्षीय लामबहादुर दर्लामी (मध्यम अवस्था)
२०. प्युठानकै प्युठान नगरपालिका-८ का २५ वर्षीय सन्तोष के.सी. (सख्त घाइते)
२१. ट्रकको सह-चालक, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका- २१ वर्षीय राजन सुवेदी (सख्त घाइते)
२३. ट्रक चालक, सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका-५ का २६ वर्षीय सुवास कार्की (सामान्य घाइते, उनी डिस्चार्ज भएपछि प्रहरीको नियन्त्रणमा छन् ।)