महोत्तरी – औरही नगरपालिका १ स्थित लाग्ने औरही बजारमा रक्षा बन्धनको लागि राखी तथा जनै खरिद गर्नेको भीड लागेको छ। रक्षा बन्धनको दिनलाई जनैपूर्णिमा अथवा जनै फेर्ने दिन पनि भनिन्छ ।
भाइबहिनीबीचको प्रेमको प्रतिकको रुपमा स्थापित रक्षाबन्धन पर्वको लागि स्थानिय बजारमा राखी बिक्रीको धेरै चहलपहल देखिएको छ । शुक्रबार औरही बजारमा रक्षा बन्धनको लागि ग्राहकले राखी खरिद गरेका छन् ।



उक्त स्थानमा ३० देखि २५० रुँपैया सम्मको राखी बिक्रीमा राखिएको छ । औरही बाजारका बिभिन्न स्थानमा दे्खिएको तस्विर हेर्नुहोस्
तस्विर : धर्वेन्द्र कुमार यादव”यदुवंशी”,औरही/महोत्तरी स्थानीय बजारमा राखी बिक्री गर्दै महिला,युवा र राखी खरिद गर्दै महिलाहरु






















