
महोत्तरी - परिवर्तन, प्रणाली र संविधानको संरक्षणको निम्ति नेपाली काँग्रेस हमेशा तयारी अवस्थामा रहने नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधीले बताउनुभएको छ ।
महोत्तरीको जलेश्वरमा आयोजित महेश्वर प्रसाद सिंह स्मृतिभवनको उदघाटन तथा शालिक अनावरण समारोह कार्यक्रमकाबीच उपसभापति निधीले नेपाली काँग्रेसले देशमा परिवर्तन, प्रणाली र संविधान ल्याउनको लागि दृढतापुर्वत अथकपूर्वक भुमिका निर्वाह गरेकोले यसलाई रक्षार्थका निम्ति नेपाली काँग्रेस हरपल तयार रहेका प्रतिवद्धता जनाउनुभयो ।
महेश्वर प्रसाद सिंहले मधेशमा दिएको योगदानलाई हामी कहिल्यै विर्सन नहुने र यसलाई हामीले आ आफनो भाषामा उहाँको योगदानलाई जीवन्त राख्ने किसिमले भुमिका निर्वाह गर्नका लागि नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । कार्यक्रमकाबीच पूर्व गृहमन्त्री समेत रहनुभएका नेता निधीले प्रदेश नं. २ को विकासका लागि अझ पनि नेपाली काँग्रेसको आवश्यकता रहेकोप्रति जोड दिनुभएको छ ।
देशमा विकास, समृद्धि र आर्थिक समुन्नतीको अभिभारा नेपाली काँग्रेसको काँधमा रहेकोले अगामी १४ औं महाधिवेशनले अझ सशक्त भुमिकामा प्रस्तुत हुने निधीले जोड दिनुभयो । कार्यक्रमकाबीच प्रदेश नं. २ सरकारका मन्त्रीहरु, सभासदहरु, पूर्वसभासदहरुले नेपाली काँग्रेसको भुमिका र विकासको सम्बन्धमा चर्चा परिचर्चा गर्नुभएको थियो ।
[embed]https://www.facebook.com/watch/?v=2869376369993201[/embed]

