कुमारी वैंकले मधेश प्रदेशको महोत्तरी र धनुषाका स्थानियहरुलाई वित्तीय साक्षरताको तालिम दिएको छ ।
धनुषाको महेन्द्रनगर, बर्दिवासको टुटेश्वर, खयरमारा लगायतका सय भन्दा बढी स्थानियहरुलाई साक्षरता तालिममा सहभागी गराएको हो ।
आम मानिसहरुलाई वचत लगायतका विषयहरुमा आकर्षित गर्न वित्तीय संस्थाहरुले अनिवार्य साक्षरताका कार्यक्रमहरु संचालन गर्नुपर्ने राष्ट्र वैंकको नै प्रावधान छ । सोहीअनुसार साक्षरता कार्यक्रम संचालन गरेको कुमारी वैंकले मधेशमा अहिलेसम्म कै ठुलो कार्यक्रम भएको जनाएको छ ।
वैंकका प्रदेश संचालक व्यवस्थापक रंजित कुमार यादवको उपस्थितिमा संचालन भएको उक्त कार्यक्रममा प्रशिक्षकको भूमिकामा अर्पण पौडेल, स-प्रशिक्षकमा वैंकका मधेश प्रदेश प्रमुख सुरेश यादवको रहेको थियो ।
वित्तीय साक्षरता तालिम लिएपछि सहभागीहरु उत्साहित भएका छन् । स्थानीय चनवती श्रेष्ठले वैंकमा वचत र खाता चै अनिवार्य गर्नुपर्ने कुराले प्रेरित गरेको वताईन ।