कृष्ण राज गिरी/भैरहवा
भारत वाट नेपाल तर्फ भंसार छलि अवैध रुप मा ल्याउँदै गर्दा रुपन्देही प्रहरी ले अवैध टायल र युरिया मल बरामद गरेको छ। बरामद गरिएको सामान को मुल्य १४ लाख ९६ हजार सात सय को अनुमान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय, रुपन्देही वाट खटिएको प्रहरी टोली ले जेठ ३२ गते रोहिणी गाँउपालिका वडा नं ५ बरवा भन्ने ठाउँ वाट ओमसतिया गाँउपालिका वडा नं ४ बस्ने वर्ष २२ का कुलदिप हरिजन ले चलाएको लु १ च ९५१८ नं को पिकअप गाडी मा अवैध रुपमा भारत वाट नेपाल तर्फ भंसार छली चोरी पैठारी गरि ल्याउँदै गरेको अवस्था मा ८५ पेटी टायल गाडी सहित बरामद गरेको छ। बरामद गरिएका समान गाडी सहित को मुल्य ८ लाख ६८ हजार को अनुमान गरिएको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय धकधई रुपन्देही वाट खटिएको प्रहरी टोली ले जेठ ३१ गते ओमसतिया गाँउपालिका वडा नं ५ सिसनिया वाट तनहुँ भिमाद नगरपालिका वडा नं ३ बस्ने वर्ष ४३ का नेत्र बहादुर थापा ले चलाएको ग १ ख ८९९१ नं को महेन्द्रा गाडी मा अवैध ४१ बोरा युरिया मल प्रहरी ले पक्राउ गरेको छ। भंसार छलि अवैध रुप मा नेपाल ल्याउँदै गरेको युरिया मल गाडी सहित ७ लाख २८ हजार सात सय को अनुमान गरिएको छ।
'बरामद गरिएको टायल, युरिया मल, गाडी र मानिस हरु समेत लाई आवश्यक कार्वाही को लागि भैरहवा भंसार कार्यालय, बेलहिया पठाइएको ' रुपन्देही प्रहरी कार्यालय का प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता श्यामु अर्याल ले जानकारी गराए ।