जनकपुरधाम- ज्यान मार्ने उद्योगका आरोपीतलाई प्रहरीले संरक्षण गरिरहेको आरोप पीडीतपक्षले लगाएको छ।
धनुषाको इलाका प्रहरी कार्यालय ढल्केवरले आरोपीलाई पक्राउ गर्नुको सट्टा पृष्ठपोषण गरेको पिडित परिवारको आरोप छ । दिनहु जसो आरोपितहरु इलाका प्रहरी कार्यालय ढल्केवर जाने आउने गरेको तर प्रहरीको सुचनामा आरोपितहरु फरार रहेको भनिएको छ ।




ज्यान मार्ने उद्योग अन्तर्गत माघ ९ गते मुद्दा दर्ता गरिएको जाहेरवालाले बताए ।
गणेशमान चारनाथ नगरपालिका वडा नं. ६ गोदार निबासी ६० बर्षीय बृद्ध राम सागर मण्डललाई छिमेकीहरु क्रमश २४ वर्षीय मुकेश मण्डल, २१ वर्षीय दिनेश मण्डल र ३९ वर्षीया सीतली देवी मण्डलले पुष २१ गते ज्यान मार्ने नियतले सामुहिक आक्रमण गरि टाउकोमा काठको चिर्पट प्रहार गरेका थिए । टाउकोमा चिर्पट प्रहारबाट रामसागरको टाउको फुटेर गम्भिर घाइते भई उपचार भइरहेकाे छ ।
बच्चाहरुको सामान्य बिवादमा आरोपित भनिएका दिनेश मण्डलले हातमुक्काले हानेको र मुकेश मण्डलले टाउकोमा दाउरा चिर्पटले प्रहार गरि घाइते बनाएका थिए । टाउकामा प्रहार गरेकोले बाँया पट्टी खप्पड फुटेको छ । टाउकोको बाँया भाग पूर्ण रुपमा क्र्याक भएको छ। टाउँको सुन्निएर निकै दुखेपछि डाक्टरको सल्लाह अनुसार सिटी स्क्यान गराउदा २-३ इन्च टाउको फुटेर दबिएको र हड्डीको टुक्राहरु मस्तीकमा पसेकोले रगत जम्मा भइ इन्फेक्सन हुन गएको थियो ।
समयमा सूचना पाएपछि जनकपुर न्युरो हस्पिटलका न्युरो सर्जनको सल्लाह अनुसार पुष ३० गते घाइतेको बायाँ भागको टाउको खोली अप्रेशन भएको थियो । समयमा उपचार भएकोले ज्यान जोगियो अन्यथा ज्यान जाने अवस्था रहेको चिकित्सकहरुले बताए। रगत जमेकोले ब्रेन ह्यामरेज हुने अवस्था उच्च रहेको अवस्थाको सृजना हुनबाट रोकिएको जनकपुर न्युरो होस्पिटलले जानकारी गराए ।
यसरी ज्यानै जाने घटनामा प्रहरीको अनुसन्धानमा लापरवाही भइरेको छ । अनुसन्धानलाई निश्प्रभावित गर्ने उद्देश्यले प्रहरीले आरोपितहरुलाई पक्राउ गर्न नचाहेको पीडितको आरोप छ ।

आरोपित पक्षको प्रभावमा परेको इलाका प्रहरी कार्यालय ढल्केवर प्रहरी निरिक्षक रामसागर सिंहले पिडित परिवारसँग पनि व्यवहार राम्रो नगरेको पिडित पक्षको गुनासो रहेको छ ।
शुरुदेखि मिलापत्र गराउने पक्षमा रहेका इलाका प्रहरी कार्यालय ढल्केवर मुद्दा फाटका सइ जगदिश ठाकुरले अनुसन्धान गरिहेको बताए पनि आलटाल गर्ने गरेको देखिन्छ । घाँटीभन्दा माथि शरिरको भागमा सम्वेदन शिल भएकोले त्यसतो ठाउँमा प्रहार गर्नु ज्यान जोखिममा हुन्छ । कानुनले त्यसता गम्भिर प्रकृतिको घटनाहरुमा पिडितले भने अनुसारको मुद्दा दर्ता गर्नुपर्ने तर ईलाका प्रहरी कार्यालय ढल्केवरले दर्ता नगरि बाहानाबाजी गरेका थिए । घाईते अस्पतालको आईसियुमा भर्ना भएको कुरा पनि विपक्षीको प्रभावमा परि पत्याउन मानेका थिएनन् ।
विरामीको टाउकाको सिटि स्क्यान, घाउँ लागेको फोटोदेखे पछि धेरै प्रयास पश्चात मात्र माघ ९ गते मुद्दा दर्ता भएको थियो । माघ १० गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गराइ पक्राउ गरिने भनिएकोमा हालसम्म प्रहरीले आरोपितहरुलाई पक्राउ नगरेको पिडित परिवारको आरोप छ ।
यस घटनामा आरोपितलाई संरक्षण गर्ने कार्य इलाका प्रहरी कार्यालय ढल्केवरको इन्सपेक्टर सिंह र सइको मिलोमतो समेत रहेका आशंका पिडित परिवारको रहेको छ ।
आरोपितहरु खुल्लेयाम गाउँघरमा घुमिफिर गरिहेकोले थप डर क्रासको कारण पिडित परिवारहरु बस्दै आएको घरबाट विस्थापित समेत भएको छ । घटना स्थल नजिक बसोबास भएको घरबाट विस्थापित भइ अर्को सुरक्षित ठाउँ सरेको सुचना दिए पनि प्रहरी इन्सपेक्टर सिंहले वास्ता नगरेको बुझिएको छ । प्रहरीको सुरक्षा पाउनु पर्ने अवस्थामा पनि प्रहरीको वेवास्ताको कारण अर्को घटना भएमा कसले जिम्मा लिने ?
यस्ता गम्भिर प्रकारको घटनाहरुमा विभिन्न प्रकारका प्रभाव दवावमा परि मुद्दाको अनुसन्धान कमजोर बनाउन गाउँबाट दैनिक आरोपितका मानिसहरुलाई बोलाइ छलफल गर्ने गरेको बुझिएको छ ।

मुद्दा दर्ता गरि आरोपित भाग्न नपाओस भनि पक्राउ गरेर पनि पक्राउ पुर्जी दिने गरेको चलन रहेता पनि तर प्रहरीले त्यस्तो गरेन । उल्टै ज्यान मुद्दाको हद म्याद एक वर्ष हुने भएकोले आरोपित भागेर कहा जाने हो ? अनुसन्धान गरेर पनि पक्राउ गर्ने अवस्था आएमा मात्र पक्राउ गरिने इन्सपेक्टर रामसागर सिंहले जवाफ दिए ।
घटनाको अनुसन्धानमा सहयोग गर्ने पिडित परिवारले बताउदा पनि तदारुकता नदेखाएकोले निष्पक्ष रुपमा अनुसन्धान गरि घटना घटाउने पक्षहरुलाई तत्काल पक्राउ गरि कानुन बमोजिम न्याय दिलाउन प्रहरीसँग आग्रह समेत पिडित पक्षले गरेको छ ।




