
महोत्तरी- बर्दिबास-१४ स्थित सुभमबस्तीमा ६ बर्षिय बालीका गुल्वशा खातुनलाई बलत्कारपछी निर्ममतापुर्वक हत्या गरेको आज १ बर्ष बितेको छ ।
गुल्वशालाई किराना पसल चलाउदै आएका गौशाला नगरपालिकाका अरुण साह भन्नेले अपहरण गरी बलत्कारपछी हत्या गरेको आज कै दिन स्विकार गरेको थियो ।
१ बर्ष बितिसक्दा पनि बर्दिबासका स्थानियहरुमा डर अझै कायम नै छ । गुल्वशा खातुनको बलत्कारपछी निर्ममतापुर्वक हत्या गरेको प्रमाणित भएपछी बर्दिबासमा बनेको रणभुमी अझै स्थानियको आँखामा झलझल्ती आइरहन्छ ।
हत्याको बिरोधमा प्रदर्शनमा उत्रेका सर्वसाधारणलाई प्रहरीले गरेको दमन अझ काहालीलाग्दो छ । भिडलाई तितरबितर बनाउन प्रहरिले चलाएको गोली लागेर सन्जय नामले चिनिने बुद्धिराज न्यौपानेको मृत्यु भएपछि बर्दिबास ३ दिनसम्म तनावग्रस्त बनेको थियो ।
के भएको थियो ?
चक्लेट किन्न अरुण साहको घर गएको बेला गुल्वशा खातुन एक्कासी हराइन । चक्लेट किनेर खेल्दै फर्कने उन्का वुवा सहिद आलमले सधैजसो छोरी फर्कने आशामा बसे ।
छोरी दिनभर हराएपछी आलमले इलाका प्रहरी कार्यालय बर्दिबासमा छोरी खोजिदिन आग्रह गरे । प्रहरीले खोजी कार्यलाइ तिव्र बनायो तर कुनैपनी प्रमाण भेटन सकेको थिएन ।
ठिक आजैको दिन अर्थात ९ मंसिरमा राती झिसमिसेमा नै खातुनको सव बोरामा खादेर अरुण साहको घर नजिकै भेटियो ।
३ दिनदेखी बर्दिबासमा हराइरहेकी बालिकाको सव नै भेटिएपछी स्थानियहरु आक्रामक बने र अरुण साहलाइ नै संका गर्दै बिहानै साहको घर पुर्णरुपमा जलाइदिए ।
प्रहरिले साहलाइ तत्काल नियन्त्रण लिएर पारम्भिक बयान लिने क्रममा आफुले नै बलात्कारपछी हत्या गरेको स्विकार गरे ।
त्यसपछी झन आक्रामक भिड थामीनसक्नुको भयो । अरुण साहलाइ बचाउन प्रहरिको समेत मिलोमतो भएको बताउदै स्थानियहरुले चोक-चोकमा गएर प्रहरी बिटहरुमा आगो लगाउन थाले ।
तनावग्रस्त भिडलाइ तितरबितर बनाउन प्रहरिले दिनभर असुल ग्यास छाडयो त्यैपनी स्थिति नियन्त्रणमा नआएपछी प्रहरीले गोली चलायो । गोली लागेर ५ जना घाइते बने भने १ जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।
बोरामा खादेर सुभम बस्ती नजिकै सामुदायिक कल्याण संघ भनिने एक संस्थाको नजिकै फ्याकिएको खातुनको सवलाइ स्थानियहरुले प्रहरिको नियन्त्रण लिनवाट रोके र आक्रामक भिडले सवलाइ नियन्त्रण लिएर मुख्य सडकमा ठूलो नाराबाजी गरेका थिए ।
खातुनको हत्यारालाइ सार्वजनिक ठाउँमा फाँसी दिनुपर्ने अडान राख्दै स्थानियहरुले सवलाइ मुख्य सडकमा राखेर पर्दसन गरेका थिए भने देशैभरीवाट आएका सामाजिक अभियन्ता, मानवअधिकारकर्मीहरुले समेत स्थानियको आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए ।