धनुषा
धनुषाको बिदेह नगरपालिकामा नेकपा माओवादी केन्द्रको प्रथम नगर अधिवेशनबाट नगर अध्यक्ष पदमा दुखी मण्डलसहित सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
बिदेह नगरपालिकाको तिनकोरियामा आइतबार भएको नेकपा माओवादी केन्द्रको प्रथम नगर अधिवेशनबाट अध्यक्ष मण्डलसहित ६५ जना नयाँ पदाधिकार निर्विरोध निर्वाचित भएका हुन् ।
निर्वाचित नयाँ कार्यसमितिमा उपाध्यक्ष पदमा शिवकुमार गोइत, जयराम मण्डल र रामश्रेष्ठ मुखिया गरी तीन जना छन् । यसैगरी सचिव पदमा बिदेह नगरपालिका वडा नं. ४ का वडा अध्यक्षसमेत रहेका बिनोद गोहितमान, सह–सचिवमा दिलकुमार पासवान र कोषाध्यक्षमा उमेदा खातुनलगायतका सदस्यहरु रहेका छन् ।
नेकपा माओवादी प्रदेश २ कमिटीका सचिव श्रवण बरबरियाको प्रमुख आथित्यमा भएको अधिवेशनमा प्रदेश कमिटी सदस्य झल्कु यादव, उदय बरबरिया, जिल्ला संयोजक दिपक यादव, वाइसिएल जिल्ला संयोजक सरोज यादवलगायत पार्टीका स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।




