काठमाडौं - कांग्रेसको प्रदेश अधिवेशन दुई दिन पर सर्ने भएको छ। कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच भएको निर्णयअनुसार प्रदेश अधिवेशन सार्ने सहमति भएको हो।
यसअघिको कार्यतालिका अनुसार मंसिर १५ गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम थियो । १६ र १७ गते प्रदेश अधिवेशन गर्ने निर्णय भएको थियो। तीन नेताबीच भएको सहमतिअनुसार अब १७ गते उम्मेदवारी दर्ता गरी १८ र १९ गते सातै प्रदेशका सदरमुकाममा अधिवेशन गर्ने निर्णय भएको हो।




