
जनकपुरधाम- नेपाली कांग्रेस धनुषा क्षेत्र नं ४ को कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य सहित सबैपदमा सर्वसम्मतीले नेतृत्व चयन भएकोछ।
सर्वसम्मतीले चयन नेतृत्व अनुसार क्षेत्रिय सभापतिमा कुमरकान्त झा, सचिवमा बुधेश्वर महतो र जगदीश यादव, सहसचिवमा संजयकुमार यादव र शैलेन्द्र महतो रहेका छन् ।
त्यसैगरी एक महिला सहित ४ जना सदस्यहरुमा निलम ठाकुर, अर्जुनकुमार महतो, रामजुलुम यादव र रामदयाल महतो चयन भएका छन् ।
प्रदेशको ४ क बाट इन्दु यादव, जुगल कुमार यादव र राजु साह तथा प्रदेश ४ ख बाट किरण कुमारी सिंह, मोहन मण्डल र मकेश्वर यादव चयन भएका छन् ।
त्यस्तै समानुपातिक तर्फ महिला निर्मला कोइराला, शशिकला बराल, मधेसी पुरुषमा कमल राउत, रामनरेश मिश्र, खस आर्यबाट रामेश्वर घिमिरे, दलितबाट अम्बर परियार र अल्पसंख्यकबाट राजेश्वर झालाई चयन गरिएको छ ।
यसैगरी महाधिवेशन प्रतिनिधिमा तरुण दलका पूर्व केन्द्रिय अध्यक्ष तथा पूर्व मन्त्री महेन्द्र यादव, पूर्व सांसद डा.चन्द्रमोहन यादव, क्षीरेश्वरनाथ नगरपालिका मेयर योगेन्द्र पजियार, बासुलाल महतो, राजकुमार महतो, धिरेन्द्र मोहन झा, समिर घिमिरे, सन्तोष यादव, कोमलकान्त झा, नवकिशोर यादव सरु लामा, तुल्सा आचार्य, सरिता यादव र रचना श्रेष्ठ माथेमा, विरेन्द्रकुमार सिंह, रामवरण पासमान, पवन देवी दास, इब्राहिम राइन, निर्मला झा, मीनादेवी, विणा यादव, बुलन यादव, रामपदारथ यादव, अशोक ठाकुर र मनोज मिश्रलाई सर्वसम्मतीले चयन गरिएको छ ।
त्यस्तै महासमिति सदस्यहरुमा भने पुरुष तर्फबाट महेन्द्र यादव, डा. चन्द्रमोहन यादव, बासुलाल महतो, योगेन्द्र पजियार र सन्तोष यादव महिला तर्फबाट तुल्सा आचार्य र रचना माथेमा श्रेष्ठ समानुपातिक महिलाबाट बिना यादव, पुरुषबाट राजकुमार महतो, आदिवासीजनजातीबाट विरेन्द्रप्रसाद सिंह र खस आर्यबाट समीर घिमिरेलाई चयन गरिएको छ ।