
जनकपुरधाम- प्रदेश २ सरकार समाजिक रुपान्तरणको पहलमा अब्बल रहेको मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् ।

नेपाली सेना स्टाफ कलेजका शिक्षार्थी अधिकृतहरु मुख्यमन्त्री निवासमा आयोजित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले समाजिक संरचनाकै कारण अधिकांश क्षेत्रमा पछि परेको प्रदेशलाई समय सापेक्ष प्रतिस्पर्धि बनाउन प्रदेश सरकार समाजिक रुपान्तरणलाई पहिलो प्राथमिकताका राखेको बताए । समाजिक रुपान्तरणका लागी प्रदेशले चालेका कदमहरु अन्य प्रदेशको तुलनामा अब्बल रहेको उनको दावी थियो ।


समाजिक रुपान्तरणका लागि चालिएका कदमहरु बेटी पढाउ बेटी बचाउ, स्वच्छता अभियान , दलित सशक्तिकरण ऐन, जनसंख्याको अनुपातमा सरकारी निकायहरुमा आरक्षणको व्यवस्था लगायतहरु रहेको उनको कथन थियो ।

कार्यक्रममा नेपाली सेनाका शिक्षार्थी अधिकृतहरुले राखेको जिज्ञासामा मुख्यमन्त्री राउत र मुख्यन्यायधिवक्त दिपेन्द्र झाले आ-आफनो विचार राखेका थिए ।
