चितवन- नेकपा एमालेको दशौँ महाधिवेशन अन्तर्गत अहिले चितवनको सौरहामा नेतृत्व चयनका लागि मतदान भइरहेको छ। अध्यक्ष सहितका पदमा तोकिएको संख्याभन्दा बढी उम्म्मेदवारी परेपछि मतदान गरिएको हो।
मतदानस्थल बाहिर भने अनौठो दृश्य देखिएको छ। चुनावी प्रक्रियामा भोट हाल्नुपर्ने व्यक्तिहरुको नामावली मतदाताहरुलाई दिने चलन भए पनि सौराहमा भने भोट हाल्नु नपर्ने व्यक्तिहरुको नामावली बाँडिएको छ।
बन्दसत्रमा केपी शर्मा ओलीले प्रस्ताव गरेका नामहरु बाहेकका उम्मेदवारलाई भोट नहाल्न भन्दै मतदातालाई ‘बागी’ उम्मेदवारहरुको नाम सूची बाँडिएको हो। उक्त सूचीमा अध्यक्षमा ओलीविरुद्ध उठेका भीम रावललाई भोट नहाल्न भनिएको छ।
यस्तै, उपाध्यक्षमा घनश्याम भुसाललाई तथा सचिवमा भीम आचार्य र टंक कार्कीलाई भोट नदिन भनिएको छ। ओलीले प्रस्ताव गरेका पदाधिकारीलाई भने सदस्य पदमा भोट नदिन भनिएकाे छ।




