
चितवनमा भएको एमाले महाधिवेशनमा सहभागी भएका सप्तरी सुरुंगा नगरपालिका– ३ का ३३ वर्षीय भगलु सदाको मृत्यु भएको छ। गाउँको नेताहरूसँग उनी चितवन गएका थिए।भगलुको शव पाँच दिनपछि मंगलबार बेलुका घर ल्याइएको थियो ।
उनको दुवै खुट्टा भाँचिएको अवस्थामा छ। महाधिवेशनकै दिन गाडीले ठक्कर दिएपछि घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको उनीसँगै गएका एक एमाले नेताले बताए ।
दुर्घटनाको बारेमा परिवारलाई कुनै जानकारी नदिई राति नै शव जलाउन खोजेका थिए, तर राष्ट्रिय दलित मुक्ति जागरण अभियानका का सदस्यरूले विरोध गरेपछि रोकियो,’ उनका छिमेकीले भने ।
पीडित परिवारले घटनाको सत्यतथ्य छानबिन गरर दोषीलाई कारबाही, क्षतिपूर्तिको व्यवस्था र सहिद घोषणा नभएसम्म शव नजलाउने अडान लिइरहेका छन् ।वैदेशिक रोजगारका लागि कतार जान सदाको भिसा आइसकेको थियो ।
घरमा एक जना मात्र कमाउनेको त्यसरी शंकास्पद मृत्यु भएपछि उनको परिवार बिचल्लीमा परेको छ। भगलुका श्रीमती, एक छोरा र दुई छोरी छन् ।