जनकपुरधाम- धनुषाको बटेश्वर गाउँपालिकामा राष्ट्रिय महिला कब्बडी प्रतियोगिताकाे आयाेजना हुन लागेकाे छ।
बटेश्वर गापा अध्यक्ष कप "राष्ट्रिय महिला कब्बडी प्रतियोगिता २०७८" काे आयाेजना हुने गापा अध्यक्ष डम्बर बहादुर राउतले जनाएकाे छ।
अध्यक्ष राउतले भने `खेलकुदले ठाउँकाे पहिचान गराउनुकाे साथै देशकाे नाम समेत प्रख्यात गराउन सहयोग पुर्याउने भएको हुँदा यस्ता किसिमकाे प्रतियोगिताहरूमा गाउँ पालिकाले संयाेजन गरेकाे हाे।´ उनले खेलाडी राष्ट्र काे गहना भएकोले उनिहरूकाे संरक्षण र सम्बर्द्धन गर्ने जिम्मेवारी राज्यकाे भएको हुँदा आफू स्थानीय सरकार प्रमुखकाे हैसियतले थाेरै भए पनि प्रयास गरेको बताए।
गापाकाे संयाेजनमा शिव शक्ति युवा क्लव बटेश्वरले आयाेजना गर्न लागेकाे यश प्रतियोगितामा मुलुककाे ७ वटै प्रदेशकाे टिमकाे सहभागीता रह्ने आयाेजकले जानकारी दिएकाे छ।
प्रतियोगिताकाे प्रचार प्रसार समितिकाे संयाेजक मदन बिकले जनाए अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५ सय ५, द्वितीय हुनेलाई ५० हजार ५ सय ५ र तृतीयलाई २५ हजार ५ सय ५ पुरस्कारको व्यवस्था रहेको छ।
यहि मंसिर २३ गते देखि २५ गते सम्म संचालन हुने यसका साथै प्रतियोगिता अवधिभर बेस्ट रेडर, बेस्ट डिफेन्डरकाे साथै सधै प्रतियोगितामा एक - एक जनालाई म्यान अफ दि म्याच प्रदान समेत गरिने आयाेजक क्लवका जीवन भुजेलले जनाए।
उनले कुल १५ लगानीमा हुन लागेकाे यस प्रतियोगिताकाे लागि वटेश्वर गापाले र बटेश्वर गापा वडा नं ४ कार्यालयले ३ लाख र बाँकी रकम चन्दा संकलन गरिएकाे जनाए।