जनकपुरधाम- नेपाली कांंग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश २ मा प्रतिनिधि छनोट गर्दा अपहरण गरेर प्रमाणपत्रमा हस्ताक्षर गर्न लगाएको भन्दै मतदान अधिकृतले राजीनामा दिएका छन्। जसले गर्दा प्रदेश २ को अधिवेशन अवरुद्ध भएको छ।
महोत्तरीको क्षेत्र नं. ३ का मतदान अधिकृत धीरेन्द्र मण्डलले आफूलाई अपहरण गरेर निर्वाचित प्रमाणपत्रमा जबर्जस्ती हस्ताक्षर गराइएको भन्दै राजिनामा दिएका छन्। उनले प्रतिनिधिका प्रमाणपत्र रद्द अनुरोध गर्दै राजीनामा दिएका हुन्।
उनले दिएकाे राजिनामा पत्रमा, `१५ मंसीरमा क्षेत्रीय अधिवेशनको बन्द सत्रमा होहल्ला पछि अधिवेशन स्थगित गरिएको थियोे । त्यसपछि राति घरमा आएका अपरिचित व्यक्तिहरूले अपहरणशैलीमा आफूखुशी प्रमाणपत्रमा हस्ताक्षर गर्न लगाएकाे उल्लेख गरिएकाेछ।
उनले जिल्ला निर्वाचन अधिकृतलाई दिएको निवेदनमा भनेका छन्, “नेपाली कांग्रेसको महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा मलाई क्षेत्रीय निर्वाचन कार्यसमिति, महाधिवेसन प्रतिनिधि तथा महासमितिको निर्वाचन गराउन मतदान अधिकृत नियुक्त गरी खटाइएकोले मंसिर १५ गते क्षेत्रीय अधिवेशनको उद्घाटन सत्र सम्पन्न भई सोही दिन बेलुका अन्दाजी ६ बजे बन्द शत्र शुरू भई बन्द सत्रमा सहमति नभई होहल्ला भई बन्द सत्र स्थगित गरियो।”
त्यसकाे दुई दिन पछि १७ गते बेलुका ६ः३० बजे जनकपुर उपमहानगरपालिका-८ मा रहेको घरबाट केही अपरिचित व्यक्तिहरू अपहरण शैलीमा लगी मबाट निर्वाचनको कुनै पनि वैधानिक प्रक्रिया नअपनाई आफूखुशी प्रमाणपत्र लिइएकोले सो प्रमाणपत्रहरू रद्द गर्नुको साथै मेरो राजीनामा समेत स्वीकृतिको लागि अनुरोध छ,” मतदान अधिकृत मण्डलले निवेदनमा भनेका छन्।
त्यस्तै, अन्य जिल्लामा पनि क्षेत्रीय अधिवेशनलाई लिएर विवाद भएको छ। रौतहटको निर्वाचन क्षेत्र नंं. ४ मा क्षेत्रीय अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई प्रमाणपत्र नदिइएको भन्दै विवाद भएको छ।
रौतहट क्षेत्र नं.४ को अधिवेशनलाई लिएर उजुरी परेको र त्यसमाथि सुनुवाइ भएपछि मात्रै निर्वाचित प्रतिनिधिलाई प्रमाणपत्र दिइने रौतहटका निर्वाचन अधिकृत दिपकराज रेग्मीले बताए। रौतहट ४ को क्षेत्रीय सभापतिका प्रत्याशी प्रेमशंकर यादवले निर्वाचन बदर गरी पाउँ भनी दिएको उजुरीका कारण निर्वाचित प्रतिनिधिलाई अहिलेसम्म प्रमाणपत्र दिन नसकिएको उनको भनाइ छ।
उजुरी परेपछि मतदान अधिकृतलाई सत्य तथ्य बुझेर प्रतिवेदन बुझाउन भनेको उनले बताए। आजै यो विवाद साम्य हुने निर्वाचन अधिकृत रेग्मीको भनाइ छ।
रौतहट निर्वाचन क्षेत्र नं. ४ को क्षेत्रीय सभापतिका लागि भएको मतदानमा २५७ मत ल्याएर रामसिनेही यादव निर्वाचित भएका छन्। अर्का उम्मेदवार प्रेमशंकर यादवले २३७ मत पाएका छन्। निर्वाचनमा धाँधली भएको भन्दै प्रेमशंकरले उजुरी दिएका हुन्।
यस्तै, रौतहटका सभापति एवं कांग्रेस प्रदेश २ को सभापति पदका उम्मेदवार कृष्णा यादवले निर्वाचित प्रतिनिधिलाई प्रमाणपत्र नदिएर निर्वाचन अधिकृतले बदमाशी गरिरहेको आरोप लगाए। यो विवाद समाधान गर्ने प्रयास भइरहेको उनको भनाइ छ।