महोत्तरी।महोत्तरीमा एक अधवैशे व्यक्ति मृत फेला परेका छन । जलेश्वर नगरपालिका ७ अन्कार घर भएका अन्दाजी ४२ वर्षिय राम सृष्ठ यादव एकडारा गाउपालिका ५ गेना बथनाहामा रहेको ईटा भटठा नजिकै रहेको पोखरीमा मृत अवस्थामा भेटिएका हुन ।
उनको शव पोष्टमार्टमको लागि जलेश्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले बताए । उनको मृत्यु हत्या वा दुर्घटना के हो भन्ने अहिले खुलिनसकेको र पोष्टमार्टमको रिपोर्टपछिमात्र केहि भन्न सकिने प्रहरीले बताए ।
गत शुक्रवार शसस्त्र प्रहरीले १०१ किलो गाँजा सहित तिनजनालाई नियन्त्रणमा लिएकोमा मृतक यादव समेत गाँजा ओसार पसार गर्नेहरुसंग शसस्त्र प्रहरीको घम्साघम्सी भैरहदा मृतक समेत सोहि स्थानमा रहेको र सोहि वेला देखि उनी सम्पर्क विहिन भएको जलेश्वर नगरपालिका ७ का वडाअध्यक्ष रामछविला यादवले बताए । उनले मृतक यादवको खोजी सोहि दिन देखि हुदै आएकोमा उनको शव भेटिएपछि आफुहरु शसंकित भएको तथा घटनाको सुक्ष्म छानविन हुनु पर्ने मांग गरे ।
यता मृतकको लास भेटिएकै स्थानमा स्थानियहरुले शसस्त्र प्रहरीले उनको हत्या गरेको भनेपछि अवस्था असामान्य बनेपछि केहि वुद्धिजिवीले शव पोष्टमार्टम हुन दिन आग्रह गरेपछि उनको शव त्यहाबाट अस्पताल लगिएको थियो ।
https://shirishnews.com/banner-news/8859.html/