जनपुुरधाम। प्रदेश २ को सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष सुर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डल बीच आज मंगलवार बाझाबाझ हुनुको साथै कुटाकुट नै भएको छ ।
अध्यक्ष र उपाध्यक्ष बीच झगडा र कुटापिट हुँदा अध्यक्ष मण्डलको दुई वटा दाँत भाचिएको छ भने उपाध्यक्षको पनि हातमा चोट पटक लागेको छ ।
गाउँ कार्यपालिकाको बैठकमा गहुँको विउ वितरण गर्ने विषयमा छलफलको क्रममा दुई जना बीच विवाद उत्पन्न भएको थियो । सोही क्रममा अध्यक्ष र उपाध्यक्ष बीच बाझाबाझ हुँदा हुँदै हात हालाहाल नै भएको वडा नम्वर ३ का अध्यक्ष दिपेन्द्र प्रसाद यादवले जानकारी दिए ।
वडाअध्यक्ष यादवले भने, ‘म पनि बैठकमा सहभागी थिए, छलफल समान्य रुपमा नै भइरहेको थियो । तर गहुँको बीउ वितरणको सन्दर्भ अध्यक्ष र उपाध्यक्ष बीच विवाद भई कुटाकुट हुन थाल्यो , कुटाकुटको क्रममा अध्यक्ष ज्यूको दुई वटा दाँत नै भाचिए छ ।’
उपाध्यक्ष मण्डलले गहुँको विउ वितरण गर्ने विषयमा छलफल भइरहेकै बेला अध्यक्षले नजिकै आएर अपशब्द प्रयोग गरेपछि आफूले कुर्सी उठाएको स्वीकार गरिन । ‘अध्यक्ष ज्यूले अपशब्द प्रयोग गर्न थालेपछि मैले प्रतिवाद गरे र सोही क्रममा मैले कुर्सी पनि उठाए’ उनले भनिन-‘तर मलाई थाहा थएन उहाँको दाँत भाचियो भनेर ।’
यस घटनाको सम्बन्धमा अध्यक्ष संग वुझ्न खोज्दा फोन उठेन् ।
यता, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी माधव प्रसाद काफ्लेले अध्यक्ष र उपाध्यक्ष विवाद भएको कुरा बुझिएको बताए । ‘घटनापछि उहाँहरु आ-आफ्नो घरतिर लाग्यो भन्ने कुरा जानकारी आयो । यद्यपी, उहाँहरुबाट प्रहरीमा कुनै जानकारी नभएको डीएसपी काफ्ले बताए।