
महोत्तरी- महाेत्तरी जिल्लाको गाैशाला नगरपालिका वडा ३ पचाँईन टाेल स्थित एक कार्यक्रम बिच वडा ३ का पार्टी ईन्चार्ज रामचन्द्र महतोको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्राममा २५० जनाले बिभिन्न पार्टी प्रतियाग गरि जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन्।
पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि जसपा पार्टीका बिकास प्रेमी नेता एवम् केन्द्रिय सदस्य लक्ष्मी महतो, विशेष अथिति रमेश महतो (राहुल) र नगर संयोजक कुमर कान्त झाले अविर र माला लगाई स्वागत गर्दै जसपा पार्टीका उत्पीडित वर्गको उत्थानका लागी जसपा सदैब अडिग रहने विश्वास दिलाए।
कार्यक्रमका विशेष अथिति रमेश महतो (राहुल)ले भने पार्टीकाे झन्डा उठाउने नव प्रवेशीकाे संकल्प सपना पुरा गराउन हाम्रो परमकर्तव्य रहेकाे छ।
साथै लक्ष्मी महताेले माहाभारतकाे उदाहरण दिदै भने । जसरी पाण्डवकाे कमाण्ड अर्जुनले सम्हालेका थिए। त्यस्तै जनताकाे कमान्ड मेराे जिम्मेवारी रहेकाे बताए।