
कैलाली । अनुमतिबिना आएका दुईजना भारतीय प्रहरी पक्राउ परेका छन् । भारतीय प्रहरीका हवल्दार सुनिल कुमार र सिपाही सतेन्द्र कुमार शुक्रबार पक्राउ परेका हुन् ।
उनीहरू सवार एचआर ३१ पी ८७७९ नम्बरको टोयोटा गाडीको ठक्करबाट एक जना घाइते भएपछि उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरू सवार गाडीले टीकापुर-९, झुँगाको पीपल बोटनजिकै ठक्कर दिएपछि टीकापुर नगरपालिका-९, रोइनीबोझी बस्ने ४१ वर्षीय इन्दलकुमार गोडिया घाइते भएका थिए ।
घाइते गोडियालाई टीकापुर अस्पतालबाट कोहलपुर रिफर गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले प्रारम्भिक अनुसन्धानका क्रममा भारतीय प्रहरी झुक्किएर नेपाल प्रवेश गरेको दाबी गरेका छन् ।