महोत्तरी - नेकपा माओवादी केन्द्रको प्रथम औरही नगर अधिवेशन सम्पन्न भएको छ ।
नेकपा माओवादी केन्द्रका नेता मातृका प्रसाद यादवको प्रमुख आतिथ्यता र प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भारत साहको विशिष्ट आतिथ्यतामा औरही नगरपालिका १ स्थित रहेको राधाकृष्ण पार्टी प्यालेसमा सर्बसहमतिमा सम्पन्न अधिवेशनमा प्रदेश कमिटि सदस्य रामबाबु चौधरीको अध्यक्षतामा ६१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।
नयाँ कार्यसमितिको अध्यक्षमा बिनोद पजियार , उपाध्यक्षमा पुनित चौधरी, मुकेश यादव, रामबिनेश साह चयन भएका छन् । त्यस्तै गरी सचिवमा बिरेन्द्र प्रसाद साह, सह सचिवमा बिनय यादव, रामाबरण मण्डल र कोषाध्यक्षमा दिगम्बर चौधरी चयन भएका छन् ।