राजविराज कारागारमा एक कैदी बन्दीको मृत्यु भएको छ । शुक्रबार सप्तरीको सदरमुकाम राजविराज स्थित कारागारमा कैदी बन्दी उद्धवप्रसाद खतिवडाको हृदयाघातबाट मृत्यु भएको हो ।
सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ४ का ५८ वर्षीय उद्धव प्रसाद खतिवडाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । कागजात किर्ते गरी ठगीसम्बन्धी मुद्दामा ०७५ साउन १७ गतेदेखि उनी थुनामा थिए ।
कैदी बन्दी खतिवडालाई अचानक हृदयाघात भएपछि उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पतालमा लगिएको र उपचारको क्रममा मृत्यु भएको उनले बताए । मृतक कैदीको शव पोस्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा राखिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको सप्तरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए ।